Main Image

भ्रष्टचारको विरोध युवाहरूको प्रदर्शन

२०७७ असार १

सरकार कोरोना भाइरस विरुद्धमा लड्न असफल भएको भन्दै शुक्लागण्डकीमा युवाहरुले नगरपालिका परिसरमा शान्तिपुर्ण प्रदर्शन गरेका छन् । स्वतन्त्र रुपमा आएका युवाहरूले दुलेगौंडा बसपार्क हुँदै नगरपालिकाको कार्यलय अगाडि पुगेर राष्ट्रभाबले ओतप्रोत गित गाउदै सांकेतिक बिरोध गरेका थिए । भीष्म श्रेष्ठको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा करिव २ सयको संङख्यामा उपस्थित युवाहरुले कोरोना भाइरस (कोभिड -१९) विरुद्धको लडाइँमा सरकार असफल भएको, सरकारले कोरोना परिक्षणमा पिसिआर परिक्षण गर्न असक्षम भएको, किसानको समस्यालाई बेवस्था गरेको,केन्द्रीय सरकारले कोरोना विरुद्धको लडाइमा छुट्याइएको १० अर्बको सार्बजनिक नगरेको, सरकारका जिम्मेवार निकायले गैरजिम्मेवारी जवाफ दिने गरेको भन्दै सामाजिक अभियन्ता भीष्म श्रेष्ठले असन्तुष्ट ब्यक्त गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले कोरोनासँग जोडिएका विषयमा सरकारलाई प्रश्न सहित असन्तुष्टि ब्यक्त गरेका थिए भने नयाँ नक्साका लागि सरकारलाई धन्यवाद समेत दिएका थिए ।

उपस्थित मध्ये एक युवा सुनिल तिमिल्सिनाले सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेकाले आफुहरु प्रदर्शननमा उत्रिएको बताए ।

अर्का युवा युनिक लम्सालले भने यो सरकारले नया नक्सा जारी गर्यो हामी यसमा खुसी छौ तर नक्सा मात्र हाम्रो भएर हुदैन । अब भुमी हाम्रो हुनुपर्छ भन्ने हाम्रो माग भएको बताउदै हामी युवाहरु आन्दोलमा उत्रिएको र अझै यो क्रम जारी राख्ने बताए।

त्यसमध्यका अर्का युवा ईश्वर रिमालले सरकार जनतालाई कोरोनाको समयमा बिनियोजित १० अर्ब नाम मात्रको पैसा भएको तर कहाँ कति कसले पाए भन्ने आजसम्म जनता अलमलमा परेको हुदाँ सरकारलाई सचेतनाका लागि सडकमा उत्रन बाध्य रहेको बताए ।

त्यसैगरी उपस्थित राजेश तिवारीले आफुँहरुले देख्दा देख्दै सरकार कोरोना नियन्त्रणको नाममा भष्ट्रचार गर्न सरिक भएकाले आफुहरु सचेतक जनताहरु भएकोले चुप लागेर बस्न नसक्ने बताइन ।

प्रदर्शनमा उनीहरूले ‘ नयाँ नक्साका लागि धन्यवाद नेपाल सरकार । तर १० अर्बको हिसाब खोइ ? ‘नक्साका लागि धन्यवाद, नो आरडीटी १०० प्रतिशत पीसीआर, १० अर्ब खै? राष्ट्रको सान किसानलाई किन अपमान, सरकार चामल किन्ने कि गाडि?’ लगायत एक करोड लेखिएको प्ले कार्ड पनि बोकेका थिए ।

img