Bhishma Shrestha

Hello, I am Bhisma Shrestha

परिवर्तनको सुरुवात, तपाईंबाट ।

About Me

I hold a Bachelor's degree in Development Studies from Pokhara University and have experience as a social service worker. My background has equipped me to engage in community development, advocate for marginalized groups, and contribute to sustainable initiatives. I'm passionate about using my skills to drive positive change and support the growth of individuals and communities.

गतिविधीहरू

बिस्तारै बाइक चलाउने प्रतियोगितामा भीष्म प्रथम ।
बिस्तारै बाइक चलाउने प्रतियोगितामा भीष्म प्रथम ।

२०८१ कार्तिक, शुक्रबार

दुलेगौंडा । शुक्लागण्डकी जेसीजले आयोजना गरेको बिस्तारै बाइक तथा स्कुटर चलाउने प्रतियोगितामा भीष्म श्रेष्ठ प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागी ५३ जनालाई पछाडि पार्दै प्रथम भएका हुन् । जितसँगै श्रेष्ठले नगद ५ हजार रुपैयाँ साथमा मायाको चिनो प्राप्त गरेका छन् ।

थप जानकारी
नेविसंघको स्थापना दिवसमा शैक्षिक सामाग्री
नेविसंघको स्थापना दिवसमा शैक्षिक सामाग्री

३१ भाद्र २०७९

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३ औं स्थापना दिवसको देशभरी विविध कार्यक्रम गरि मनाईएको छ । जस अन्र्तगत मंगलबार नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिका सह–सचिव एवम् नेवि संघका नेता भीष्म श्रेष्ठको समुहले पनि विपन्न वर्गाका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

थप जानकारी
हेल्प डेस्कमा खटिनेलाई श्रेष्ठको सहयोग
हेल्प डेस्कमा खटिनेलाई श्रेष्ठको सहयोग

बैशाख ७

शुक्लागण्डकीका एक युवाले हेल्थ हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरेका छन् । कांग्रेस भातृ संगठन नेविसंघका नेता भिष्म श्रेष्ठले शुक्लागण्डकीको कोत्रेबजार, शेराटार, शान्तिनगर र पुल्चोकमा स्थापना गरिएको हेल्प डेस्कमा पुगेर उनीहरुलाई मिनरलवाटर, बिस्कुट र फलफुल वितरण गरेका हुन् ।

थप जानकारी
गाछेपानीको बाल विकास केन्द्रलाई सहयोग ।
गाछेपानीको बाल विकास केन्द्रलाई सहयोग ।

२०७५ मंसिर १८

शुक्लागण्डकी नगरपालिका वडा नं ४ मा रहेको शुक्ला इभेन्ट्स परिवारले प्रगति बाल विकास केन्द्रलाई सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा शुक्ला इभेन्ट्स परिवारका ईभेन्ट मेनेजर भीष्म श्रेष्ठले बाल विकास केन्द्रको प्रगति र आवश्यकता बारे जानकारी राख्दै सहयोग प्रदान गरेका बताए ।

थप जानकारी
रिले अनसनलाई ऐक्यवद्धता जनाउन नेवि संघका नेता भीष्म श्रेष्ठ अनसनमा
रिले अनसनलाई ऐक्यवद्धता जनाउन नेवि संघका नेता भीष्म श्रेष्ठ अनसनमा

३१ भाद्र २०७९

नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले सुरु गरेको रिले अनसन तेस्रो दिन पनि चलेको छ । आर्थिक चलखेल विरुद्ध खवरदारी सम्वन्धनको नाममा विश्वविद्यालयलाई धारासायी बनाउन पाइदैन भन्दै नेविसंघ मुल इकाइ समिति पोखरा विश्वविद्यालय रक्षार्थ रिले अनसनमा उत्रिएको हो ।

थप जानकारी
भ्रष्टचारको विरोध युवाहरूको प्रदर्शन
भ्रष्टचारको विरोध युवाहरूको प्रदर्शन

२०७७ असार १

सरकार कोरोना भाइरस विरुद्धमा लड्न असफल भएको भन्दै शुक्लागण्डकीमा युवाहरुले नगरपालिका परिसरमा शान्तिपुर्ण प्रदर्शन गरेका छन् । स्वतन्त्र रुपमा आएका युवाहरूले दुलेगौंडा बसपार्क हुँदै नगरपालिकाको कार्यलय अगाडि पुगेर राष्ट्रभाबले ओतप्रोत गित गाउदै सांकेतिक बिरोध गरेका थिए । भीष्म श्रेष्ठको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा करिव २ सयको संङख्यामा उपस्थित युवाहरुले कोरोना भाइरस (कोभिड -१९) विरुद्धको लडाइँमा सरकार असफल भएको, सरकारले कोरोना परिक्षणमा पिसिआर परिक्षण गर्न असक्षम भएको, किसानको समस्यालाई बेवस्था गरेको,केन्द्रीय सरकारले कोरोना विरुद्धको लडाइमा छुट्याइएको १० अर्बको सार्बजनिक नगरेको, सरकारका जिम्मेवार निकायले गैरजिम्मेवारी जवाफ दिने गरेको भन्दै सामाजिक अभियन्ता भीष्म श्रेष्ठले असन्तुष्ट ब्यक्त गरेका थिए ।

थप जानकारी
सवारी दुर्घटना न्यूनिकरण गर्न दुलेगौंडामा सचेतना
सवारी दुर्घटना न्यूनिकरण गर्न दुलेगौंडामा सचेतना

May 9, 2023

ट्राफिक सप्ताहन्तको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सचेतनामूलक कार्यक्रम गरिएको छ । मंगलबार शिलादेवी युवा क्लब र शुक्लागण्डकी युनेस्को केन्द्रको अध्यक्ष भीष्म श्रेष्ठको समन्वयमा अस्थायी प्रहरी पोष्ट बेलचौतारले उक्त कार्यक्रम आयोजना गरेको हो ।

थप जानकारी

Videos: