Main Image

रिले अनसनलाई ऐक्यवद्धता जनाउन नेवि संघका नेता भीष्म श्रेष्ठ अनसनमा

३१ भाद्र २०७९

नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले सुरु गरेको रिले अनसन तेस्रो दिन पनि चलेको छ । आर्थिक चलखेल विरुद्ध खवरदारी सम्वन्धनको नाममा विश्वविद्यालयलाई धारासायी बनाउन पाइदैन भन्दै नेविसंघ मुल इकाइ समिति पोखरा विश्वविद्यालय रक्षार्थ रिले अनसनमा उत्रिएको हो ।

पोखरा विश्वविद्यालयमा तीन दिनदेखि विद्यार्थी अनसनमा छन् । शनिबार तेस्रो दिन पनि विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थीहरु अनसन बसेका हुन् । विद्यार्थी नेता सुनिल तिमल्सिनाका अनुसार विश्वविद्यालयले अनावश्यक रूपमा सम्बन्धन दिएर केही व्यक्तिले आर्थिक लाभ लिएको भन्दै अनसनमा उत्रेका बताए ।

पोखरा विश्वविद्यालयले बिगतका दश वर्षमा हेर्दा सबैभन्दा धेरै सम्बन्धन दिएको छ, यसले बेलाबेलामा विश्वविद्यालयको गरिमामयमा समेत आँच पुर्याएको छलँगै छ, भईरहेकोलाई सुधार र थप व्यवस्थित नगरी शिक्षालाई आफ्नो राजनैतिक र आर्थिक स्वार्थ पूरा गर्ने माध्यम बनाएको भन्दै विद्यार्थीले रिले अनसन सुरु गरेको नेता युनिक लम्सालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । रिले अनसनलाई ऐक्यवद्धता जनाउन शनिबार नेविसंघका नेता भीष्म श्रेष्ठ पनि अनसन बसेका थिए ।