Main Image

गाछेपानीको बाल विकास केन्द्रलाई सहयोग ।

२०७५ मंसिर १८

शुक्लागण्डकी नगरपालिका वडा नं ४ मा रहेको शुक्ला इभेन्ट्स परिवारले प्रगति बाल विकास केन्द्रलाई सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा शुक्ला इभेन्ट्स परिवारका ईभेन्ट मेनेजर भीष्म श्रेष्ठले बाल विकास केन्द्रको प्रगति र आवश्यकता बारे जानकारी राख्दै सहयोग प्रदान गरेका बताए ।

यो कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु, उनीहरूको समग्र विकासमा टेवा पुर्‍याउनु र शिक्षामा पहुँच पुर्‍याउन योगदान दिनु रहेको र सहयोगको रूपमा शैक्षिक सामग्री, खेलकुदका सामाग्री तथा अन्य आवश्यक वस्तुहरू प्रदान गरिएको बताए । कार्यक्रममा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो र सबैले शुक्ला इभेन्ट्स परिवारको यस योगदानको प्रशंसा गरेका थिए। श्रेष्ठले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

img