
बैशाख ७
शुक्लागण्डकीका एक युवाले हेल्थ हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरेका छन् । कांग्रेस भातृ संगठन नेविसंघका नेता भिष्म श्रेष्ठले शुक्लागण्डकीको कोत्रेबजार, शेराटार, शान्तिनगर र पुल्चोकमा स्थापना गरिएको हेल्प डेस्कमा पुगेर उनीहरुलाई मिनरलवाटर, बिस्कुट र फलफुल वितरण गरेका हुन् ।
भोक प्यास नभनि कोरोनाको संक्रमण फैलन नदिन प्रभावकारी भुमिका निर्वाहा गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरेको श्रेष्ठले बताए । ‘भोक, तिर्खा नभनि जनताको सेवमा खटिएकाले उहाँहरुलाई सहयोग गरेको हुँ । लकडाउनलाई प्रभावकारी बनाउन हौसाल थपियोस भनेर’, उनले भने । फलफुल व्यवसायी विनोद शाह र प्रज्वल गुरुङसंगको सहकार्य गरेर उक्त सामाग्री वितरण गरेको उनले जनाए ।
